मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

शुक्रबार, २० भदौ २०८२, ११ : २४
शुक्रबार, २० भदौ २०८२

काठमाडौं । माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले असोज १० गते बस्नेगरी साधारणसभा बोलाएको हो । 
साधारणसभा प्रयोजनको लागि भदौ २७ गतेका लागि शेयरधनी किताब खाता बन्द ९बुक क्लोज० गर्ने निर्णय समेत गरिएको छ । 

बैंकले यो वर्ष ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । अब २७ गतेसम्म शेयरधनी कायम रहेका शेयरधनी उक्त लाभांशको लागि योग्य हुनेछन् । 

साधारणसभामा बैंकले अहिले १५ अर्ब रहेको अधिकृत पुँजीलाई बढाएर २० अर्ब पुर्याउने तथा अभिमोच्य अपरिवर्तनीय अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत लैजानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप