मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई जना कारागार चलान

शुक्रबार, २० भदौ २०८२, १४ : ४८
शुक्रबार, २० भदौ २०८२

सारांश

  • एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई फरार प्रतिवादी पक्राउ परेका छन्।
  • सुरेन्द्रकुमार प्रधानलाई ७ वर्ष कैद र ९ करोड २१ लाख ५० हजार जरिवाना तथा अविन्द्र श्रेष्ठलाई ३ वर्ष कैद र २ करोड ५० लाख जरिवाना हुने फैसला भएको छ।
  • २०७१ मा जिल्ला अदालतले सुरु फैसला गरेपछि प्रतिवादीहरू उच्च र सर्वोच्च अदालत गएका थिए, र अहिले दुवै जना डिल्लीबजार कारागारमा छन्।

काठमाडौँ । एचएण्डबी डेभलपमेन्ट बैंक घोटालामा संलग्न दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र अविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई पक्राउ गरेर अदालतको आदेशले कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता (एसपी) युवराज खड्काले रातोपाटीलाई बताए ।  

२०८१ जेठ २८ मा उनीहरुविरुद्ध सर्वोच्चले कैद र जरिवाना हुने फैसला गरेको थियो । सुरेन्द्रकुमार प्रधानविरुद्ध ९ करोड २१ लाख ५० हजार बिगो र जरिवाना हुने फैसला गरेको छ । उनलाई ७ वर्ष कैद तोकिएको छ ।

अविन्द्र श्रेष्ठलाई अदालतले ३ वर्ष कैद र २ करोड ५० लाख बिगो तथा जरिवाना असुल हुने फैसला गरेको छ । एचएण्डबी डेभलपमेन्ट बैंकको घोटालाबारे २०७१ मा जिल्ला अदालतले सुरु फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध प्रतिवादीहरू उच्च र सर्वोच्च अदालतमा गएका थिए । दुवै प्रतिवादीलाई डिल्लीबजार कारागार चलान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप