४० प्रतिशत क्षेत्र आफ्नो कब्जामा भएको इजरायलको दाबी
सारांश
- इजरायली सेनाले गाजा सहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा लिएको दाबी गरेको छ।
- गाजामा हमासको पूर्वाधार नष्ट गर्न ठुलो अभियानको तयारी भइरहेको सेनाले जनाएको छ।
- इजरायलले हमासको बन्धक फिर्ता नआएसम्म मिसन नसकिने बताएको छ।
तेल अभिभ । इजरायली सेनाले गाजा सहरको ४० प्रतिशत हिस्सा आफ्नो कब्जामा भएको दाबी गरेको छ । गाजामाथि पूर्ण नियन्त्रण प्राप्त गर्न ठुलो अभियानको लागि तयारी भइरहेको बिहीबार सेनाले बताएको छ ।
‘आज पनि गाजा सहरको ४० प्रतिशतभन्दा बढी हिस्सा हाम्रो कब्जामा छ र अब हामी हमासको पूर्वाधारलाई नष्ट गर्न ठुलो र शक्तिशाली अभियान सुरु गर्न गइरहेका छौँ ।’ इजरायली सेनाका प्रवक्ता आविनन गवाविले भनेको भन्दै बीबीसीले समाचार छापेको छ ।
आउने दिनमा गाजा सहर र यो आसपास चलिरहेको अभियान तीव्र पार्ने तयारी भइरहेको पनि उनले बताए । आफूहरूले हरेक ठाउँमा हमासको पिछा गरिरहने अनि बाँकी रहेका इजरायली बन्धक फिर्ता नआएसम्म यो मिसन नसकिने सेनाको प्रवक्ताले बताए ।
हालैका दिनमा इजरायलले गाजा सहरका वरपरका आक्रमणहरू तीव्र पारेको छ । यसअघि हमासले सबै बन्धकहरू छोड्ने प्रस्ताव गरेको थियो । तर इजरायलले उसको यो प्रस्ताव अस्वीकार गर्यो । यसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले फैलाइरहेको झुठो कहानी भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण