इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सारांश
- ललितपुर जिल्ला अदालतले इन्स्पेक्टर दिनेश गुरुङलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
- गुरुङलाई पूर्वपत्नीलाई कुटपिट र बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो।
- सरकारी वकिलले उनलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोग लगाएको थियो।
काठमाडौँ । प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाउन आदेश गरेको हो । प्रहरी प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा कार्यरत गुरुङलाई ललितपुर प्रहरीले भदौ ३ मा पक्राउ गरेको थियो ।
पूर्वपत्नीलाई कुटपिट र बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सरकारी वकिलले उनलाई जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो ।
थुनछेक बहस पुरा भएपछि अदालतको आदेश अनुसार गुरुङलाई नख्खु कारागार चलान गरिएको ललितपुर जिल्ला सरकारी वकिल कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनले साउन ३० मा ललितपुरको हात्तीवनस्थित डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेका थिए । उनले केही समयअघि दाहालसँग सम्बन्ध विच्छेद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण