संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँ : सभामुख घिमिरे
सारांश
- सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताए।
- एआईले भाषणलाई 'स्पीच-टु-टेक्स्ट' मा रूपान्तरण, डेटा खोज्ने र विश्लेषण गर्ने काममा सहयोग पुर्याउनेछ।
- सभामुख घिमिरेले एआईको प्रयोग गर्दा सुरक्षा र नैतिक मापदण्डमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगबारे अध्ययन भइरहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुने विश्वास व्यक्त गरे । यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्ने बताए ।
नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत नरहेको बताए । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिने उनको विश्वास छ । तर गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक रहेको उल्लेख गरे । उनले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको पनि बताए ।
उनले भने, ‘कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले दैनिक जीवनलाई सहज र प्रभावकारी बनाएको छ । नियमित स्वास्थ्य परीक्षणमा भिडियो मार्फत सुझाव लिन सकिने, रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सकिने, दूरदराजमा टेलिमेडिसिन सेवा उपलब्ध गराउन सकिने र आपतकालीन अवस्थामा प्रारम्भिक चेतावनी प्रणालीबाट जोखिम घटाउन सकिने जस्ता धेरै सकारात्मक प्रभाव छन् । विभिन्न क्षेत्रका निर्णय प्रक्रियामा एआईको विश्लेषणात्मक क्षमता उपयोगी हुन्छ, जसले समय र स्रोत दुवैको बचत गर्छ । तर एआईसँग केही गम्भीर बेफाइदाहरू पनि छन् । गलत सूचना र भ्रम फैलाउने ‘डीपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने सम्भावना लगायतका समस्या बढिरहेका छन् । त्यस्तै, कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ । त्यसैले, यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ । संसदीय प्रक्रिया र सङ्घीय संसद् सचिवालयमा एआईको उपयोगले कार्यसम्पादनलाई सहज र पारदर्शी बनाउन सकिनेबारे हामीले अध्ययन गरिरहेका छौँ ।’
सभामुख घिमिरेले थप भने- ‘संसद् तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसन मार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग सम्बन्धित डेटा छिटो खोज्ने तथा विश्लेषण गर्ने काममा एआई निकै उपयोगी हुन सक्छ । यसले सांसदहरूलाई नीति निर्माणमा समयमै तथ्याङ्क र सुझाव उपलब्ध गराउन मद्दत गर्छ । नेपालको सन्दर्भमा पनि एआईले संसदीय सूचना प्रणालीलाई सुदृढ पार्न सक्नेमा दुई मत छैन । जनताको गुनासो व्यवस्थापन, विधेयकको प्रारम्भिक मूल्याङ्कन, नीतिगत निर्णयको प्रभाव विश्लेषण जस्ता कार्यलाई एआईबाट सरल बनाउन सकिन्छ । तर, गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै प्रयोग गर्नु आवश्यक छ । आजको कार्यक्रमको अन्तिम सेसनमा संसदमा ए।आई। जस्ता प्रविधिको प्रयोगबारे हुने छलफलले केही दिशानिर्देशन गर्ने अपेक्षा लिएको छु ।’
सभामुख घिमिरेले गलत सूचना, ह्याकिङ र डाटा सुरक्षाको चुनौतीलाई ध्यानमा राख्दै एआईको प्रयोग गर्नु उचित हुने बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण