माओवादीको पुष्पलाल लोकमार्ग अभियान पोखराबाट पुनः सुरु
सारांश
- माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पोखराबाट पुन: सुरु गरेको छ।
- २०५८ सालमा मारिएका शहीद चन्द्रप्रसाद खनालको शालिकमा माल्यार्पण गर्दै अभियान थालनी गरियो।
- प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्यागबाट गणतन्त्र आएको बताए।
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो। आज दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको हो।
शिक्षकसमेत रहेका खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए। उनका अन्य सन्तान शर्मिला खनाल र सुदीप खनाल अहिले माओवादी केन्द्रमा सक्रिय छन्। माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उपस्थित थिइन्।

जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए। स्थायी समिति बैठकको निर्णयअनुसार बाँकी जिल्लामा भदौ २१ गतेदेखि अभियान पुनः सुरु गर्ने निर्णय गरिएको थियो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताए। उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न खोजे पनि तेस्रो कार्यकालमा मात्र त्यो सम्भव भएको स्मरण गरे।
सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको भन्दै प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण