अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौँ : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले गरेका काम जनतामाझ पुग्न नसकेको स्वीकार गरे।
- प्रचण्डले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानमा जनतासँगको संवादलाई जोड दिए।
- प्रचण्डले आफ्नो तीन कार्यकालका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा गरे।
लम्जुङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्ना सरकारले गरेका काम जनतामाझ पुग्न नसकेको कमजोरी स्वीकार गरेका छन्।
मध्यनेपाल नगरपालिका भोर्लेटारमा आयोजित स्वागतसभामा प्रचण्डले भने, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो। अरूले कुहेको पिठो बेचिरहेका छन्। त्यसैले हामीले गरेका काम जनतालाई भन्न र सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौँ।”
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद हुने अवसर मिलेको बताए। बैतडीबाट सुरु भएको अभियान लम्जुङ आइपुग्दा व्यापक जनसहभागिता देखिएकाले आफू उत्साहित भएको उनले बताए।
प्रचण्डले माओवादी नेतृत्वका तीन कार्यकालका उपलब्धिहरूसमेत स्मरण गरे। पहिलो सरकारको समयमा मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता काम भएको बताए। दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलन सम्बोधन हुँदै शान्ति र स्थायित्वको जग बसाइएको उल्लेख गरे। तेस्रो कार्यकालमा सुशासन अभियान, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्याय अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम भएको उनले बताए।
“हामीले गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन्। तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ,” प्रचण्डले भने।
यसअघि रामबजारमा बाजागाजासहित प्रचण्डलाई भव्य स्वागत गरिएको थियो। अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको समर्थनले नयाँ ऊर्जा दिएको र माओवादी केन्द्र नै देशको वास्तविक शक्ति बन्ने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण