लगनखेलका अतिक्रमित संरचनामा ललितपुर महानगरको डोजर (तस्बिरहरू)
सारांश
- ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ।
- महानगरपालिकाले ऐतिहासिक न्हः पोखरीको जग्गामा बनेका संरचना हटाएको हो।
- ३५ दिने सूचनापछि डोजर प्रयोग गरी संरचना भत्काइएको हो।
ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ । ३ वटा डोजर र दर्जनौँको सङ्ख्यामा नगर प्रहरी परिचालन गरेर संरचना भत्काइएको हो ।
नगरपालिकाले वडा नं. ५ लगनखेलमा रहेको नेपाल सरकारको नाममा स्रेस्ता कायम रहेको कि नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गाको फिल्ड बुकमा पोखरी जनिएको (परापूर्वकालदेखि लामो इतिहास बोकेको) ऐतिहासिक न्हः पोखरीको जग्गामा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समय सीमा नाघेपछि आइतबार संरचनाहरू भत्काएको हो ।
_Hsb7tOVXjz.jpg)
“विगत देखि नै अनधिकृत रूपमा भौतिक संरचना बनाई थप्दै पोखरीको अस्तित्व नै समाप्त पार्ने अवस्था बढ्दै गएकोले महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक सार्वजनिक पोखरीहरूको संरक्षण गर्ने नीति बमोजिम न्हुः पोखरीको जीर्णोद्धार तथा पुनः निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदननगर कार्यपालिकाबाट स्वीकृत गरी बजेट विनियोजन समेत गरिएको । उक्त न्हुः पोखरी परियोजना क्षेत्रको उत्तर पूर्व तर्फ पोखरीको डिलमा अवस्थित बुद्धि विकास मण्डल र नेपाल क्षयरोग निवारण संघले प्रयोग गर्दै आएको अनधिकृत संरचना हटाई सार्वजनिक जग्गा तथा ऐतिहासिक सम्पदा संरक्षण गर्न सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७, तथा मुलुकी देवानी संहिता २०७४ को दफा ३०४ बमोजिम सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व सम्बन्धित स्थानीय तहको भएको हुँदा मिति २०८२-०४-१६ गतेको निर्णय बमोजिम ३५ दिन भित्र उक्त संरचनाहरू हटाउनु हुन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको,” नगरपालिकाले सूचनामा जनाएको छ ।
_HpSmY6pboH.jpg)
_sQPJlhcW1M.jpg)
_LjLKqOE80V.jpg)
_qsVUu1Le4L.jpg)
_550bLBpQNS.jpg)
_tQI7rFrGDu.jpg)
_J15DKwKeSx.jpg)
_VI72Jfyp4N.jpg)
_IQNkypGKe2.jpg)
_k1QtbKq6F0.jpg)
_49gFSFx4hp.jpg)
_CXoA2rsNHx.jpg)
_UtIwhVBeBO.jpg)
_0fKIFAGT7O.jpg)
_Tnu2H5Ff0r.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण