बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिला सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा

आइतबार, २२ भदौ २०८२, १६ : ३९
आइतबार, २२ भदौ २०८२

सारांश

  • महिला सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलन सोमबार काठमाडौँमा सुरु हुने भएको छ।
  • सम्मेलनको नारा 'महिला सरकारी वकिलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण' रहेको छ।
  • सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ र ५ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । महिला सरकारी वकिलहरूको पहिलो राष्ट्रिय सम्मेलन भोलि (सोमबार) देखि काठमाडौँमा सुरु हुने भएको छ।

'महिला सरकारी वकिलको सशक्तीकरण: फौजदारी न्याय प्रणालीको सुदृढीकरण' भन्ने नाराका साथ महान्यायाधिवक्ताको कार्यालयले यो दुई दिने सम्मेलन आयोजना गर्न लागेको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सहन्यायाधिवक्ता मीना गुरुङले दिएको जानकारीअनुसार, भोलि (सोमबार) र पर्सि (मंगलबार) सम्म चल्ने यस सम्मेलनमा देशभरका महिला सरकारी वकिलहरूको सहभागिता रहनेछ।

सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ र त्यसपछि घोषणापत्र जारी गरिनेछ।

सम्मेलनले महिला सरकारी वकिलहरूको पेसागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानता लगायतका विषयमा छलफल गर्ने सहन्यायाधिवक्ता गुरुङले बताएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप