पतञ्जली जग्गा हिनामिना प्रकरण : ५ जना अभियुक्तको नाममा पत्रिकामा सूचना जारी गर्न आदेश
काठमाडौँ । विशेष अदालतले पतञ्जली जग्गा हिनामिना प्रकरण मुद्दाका ५ जना अभियुक्तको ठेगाना पत्ता नलागेको भन्दै उनीहरूका नाममा पत्रिकामा सूचना जारी गर्न आदेश दिएको छ ।
विशेष अदालत काठमाडौँका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो ।
९३ जना अभियुक्तमध्ये ८७ जना मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भइसकेका छन् । एक जनाले म्याद बुझेर पनि प्रतिवाद गरेका छैनन् ।
'अहिलेसम्म ५ जना प्रतिवादीको ठेगाना पत्ता लगाउन नसकेकाले उनीहरूको नाममा पत्रिकामा सूचना प्रकाशन गर्न आदेश जारी भएको छ,’ विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले रातोपाटीलाई भने,'एक जनाले चाहीँ म्याद गुजारेर पनि अदालतमा उपस्थित भएका छैनन् ।’
यो प्रकरणका मुख्य अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह, पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायत केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन् ।
माधव नेपाल र शालिग्राम सिंह जनही ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । पूर्वमन्त्री प्रेमबहादुर सिंहले ५० हजार रुपैयाँ बुझाएका छन् ।
२२ जेठमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए ।
नेपाल मन्त्रिपरिषद्ले सोही प्रस्तावअनुसार जग्गा बिक्रीको बाटो खोलिदिएको थियो । तत्कालीन मन्त्री श्रेष्ठको भने गत वर्ष निधन भइसकेको छ ।
त्यसबेलाका मुख्य सचिव माधव घिमिरे पनि यस प्रकरणमा संलग्न थिए । १० वर्षअघि त्रिशुली नदीमा जिप दुर्घटना हुँदा उनी बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण