बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा भवन भत्किँदा तीन जनाको मृत्यु, दर्जनौँ घाइते

सोमबार, २३ भदौ २०८२, ०० : २३
सोमबार, २३ भदौ २०८२

सारांश

  • इन्डोनेसियाको बोगोर जिल्लामा सामुदायिक भवन भत्किँदा ३ जनाको मृत्यु भएको छ, दर्जनौं घाइते भएका छन्।
  • भवनमा पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउँदै कुरान पाठका लागि भेला भएका मानिसहरु दुर्घटनामा परेका हुन्।
  • अत्यधिक भिड र कमजोर संरचनाका कारण भवन भत्किएको अनुमान गरिएको छ, इन्डोनेसियामा यस्ता घटना बारम्बार हुने गर्छन्।

जाकार्ता।  इन्डोनेसियाको जाभा टापुस्थित पश्चिम जाभाको बोगोर जिल्लामा आइतबार एक सामुदायिक भवन भत्किँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे स्थानीय विपद् व्यवस्थापन अधिकारी मोहमद आदम हमदानीले जानकारी दिएका हुन् । 

उक्त भवनमा करिब सय जना मानिस, मुख्यतः महिला, पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउने क्रममा कुरान पाठका लागि भेला भएका थिए । सोही समयमा भवन अकस्मात् ढलेको बताइएको छ ।

“प्रारम्भिक विवरण अनुसार ८४ जनाको उपचार भइरहेको छ र ३ जनाको ज्यान गएको पुष्टि भएको छ,” अधिकारी आदमले बताए ।

उनका अनुसार भवन सामुदायिक सभा तथा धार्मिक कार्यक्रमको लागि प्रयोग गरिन्थ्यो । अत्यधिक भिडका कारण भवनको संरचना कमजोर भएर भत्किएको अनुमान गरिएको छ ।

“शायद भवनको संरचना बलियो थिएन, तर मानिसहरू अत्यन्त उत्साहित भएर कार्यक्रममा सहभागी भएका थिए,” उनले भने ।

भवन भित्र रहेका सबै व्यक्तिको खोजी सकिएको बताइएको छ । अधिकांश घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको र उनीहरू सामान्य चोटपटकबाट प्रभावित भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा वर्षा भएको थिएन र कुनै भूक्षय ९पहिरो० को लक्षण पनि देखिएको थिएन ।

इन्डोनेसियामा कमजोर निर्माण मापदण्डका कारण भवन दुर्घटनाको समस्या बारम्बार उठ्दै आएको छ । सन् २०२२ मा दक्षिण कालिमन्तानमा तीन तल्ले पसल भवन ढल्दा पाँच जनाको मृत्यु भएको थियो । त्यसअघि पनि जाकार्तामा पाँच तल्ले भवनको एक भाग भत्किँदा दुई जना घाइते भएका थिए ।

सन् २०१८ मा जाकार्ताको पूर्वी क्षेत्रमा रहेको चिरेबोनमा सङ्गीत अभ्यास गरिरहेका किशोर किशोरीसहित ७ जनाको ज्यान गएको थियो । सोही वर्ष जाकार्तामा रहेको सेयर बजार भवनको माथिल्लो तलाको भाग खस्दा ७५ जना घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप