शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मेम्फिस डिपे बने नेदरल्यान्ड्सका सर्वाधिक गोलकर्ता

सोमबार, २३ भदौ २०८२, ०६ : ४१
सोमबार, २३ भदौ २०८२

सारांश

  • मेम्फिस डिपे नेदरल्यान्ड्सका लागि सर्वाधिक गोलकर्ता बने, लिथुआनियाविरुद्ध दुई गोल गरे।
  • डिपेले ५१औं गोल गर्दै रोबिन भान पर्सीको कीर्तिमान तोडे, र ५२औं गोल पनि थपे।
  • नेदरल्यान्ड्सले लिथुआनियालाई जितेर समूह 'जी' को शीर्ष स्थान ओगट्यो।

लिथुआनिया । मेम्फिस डिपे नेदरल्यान्ड्सको फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले लिथुआनियाविरुद्धको विश्वकप छनोट खेलमा दुई गोल गर्दै यो कीर्तिमान कायम गरेका हुन् ।

३१ वर्षीय डिपेले खेलको सुरुवातमा कोडी गाक्पोको पासमा आफ्नो ५१औँ अन्तर्राष्ट्रिय गोल गर्दै पूर्वखेलाडी रोबिन भान पर्सीको ५० गोलको कीर्तिमान तोडे । भान पर्सीले सन् २००५ देखि २०१७ सम्म १०२ खेल खेल्दै ५० गोल गरेका थिए ।

डिपेले आफ्नो १०४औँ खेलमा डेन्जेल डम्फ्रिजको क्रसमा हेड मार्फत आफ्नो ५२औँ गोल गर्दै नेदरल्यान्ड्सलाई जित दिलाए । यसअघि उनी पीएसभी, म्यानचेस्टर युनाइटेड, लियोन, बार्सिलोना र एट्लेटिको म्याड्रिड जस्ता क्लबहरूबाट खेलिसकेका छन् । उनी गत वर्ष ब्राजिलियन क्लब कोरिन्थियन्समा आबद्ध भएका थिए ।

यो जितसँगै नेदरल्यान्ड्स ४ खेलबाट १० अंकसहित समूह 'जी' को शीर्ष स्थानमा रहेको छ । यस खेलमा लिथुआनियाले पहिलो हाफमा २-० ले पछि परेको अवस्थामा २-२ को बराबरी गरेको थियो । फिफाको वरियतामा १४३औँ स्थानमा रहेको लिथुआनियाले नेदरल्यान्ड्सविरुद्ध गोल गर्ने सबैभन्दा कम वरीयताको टोली बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप