अपडेट
एकीकृत समाजवादीको कार्यालय तोडफोड
सोमबार, २३ भदौ २०८२, १७ : १३
सारांश
- काठमाडौंमा जेनजी आन्दोलनका क्रममा नेकपा एसको केन्द्रीय कार्यालय तोडफोड भएको छ।
- आन्दोलनकारीले पार्टी कार्यालयका झ्यालका सिसा, गेटमा क्षति पुर्याएका थिए र आगो लगाउने प्रयास गरेका थिए।
- यसअघि राजावादीको आन्दोलनमा पनि सोही पार्टीको कार्यालयमा तोडफोड र आगजनीको प्रयास भएको थियो।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्षा दिएको ज्वालाले जानकारी दिए ।
यसअघि चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनका क्रममा पनि सो पार्टीको कार्यालय तोडफोड र आगजनीको प्रयास भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण