सर्वोच्च अदालतका नियमित पेसी स्थगित
मङ्गलबार, २४ भदौ २०८२, ११ : २४
सारांश
- सर्वोच्च अदालतले मंगलबारका लागि तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
- जिल्ला प्रशासन कार्यालयको कर्फ्यु आदेशका कारण आवागमनमा अवरोध भएकोले सुनुवाइ स्थगित गरिएको हो।
- बन्दी प्रत्यक्षीकरण र जरुरी प्रकृतिका निवेदनको भने सुनुवाइ हुनेछ।
काठमाडौँ । सर्वोच्च अदालतले मंगलबारका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित गरेको छ ।
प्रशासन शाखाबाट मंगलबार विज्ञप्ति जारी गर्दै आजका लागि नियमित पेसी तोकिएका मुद्दाको सुनुवाइ स्थगित भएको जनाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरबाट जारी भएको कर्फ्यु आदेशका कारण आवागमनमा भएको अवरोधको विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।
बन्दी प्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने गरी जरुरी प्रकृतिका निवेदन भने सुनुवाइ हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण