प्रधानमन्त्रीलाई तत्काल पदबाट राजीनामा गर्न पत्रकार महासंघका पूर्वअध्यक्षहरुलगायतको माग
काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, पत्रकार र नागरिक समाजका अगुवाहरूले जेनजी पुस्ताको आन्दोलनमा भएको बर्बर दमनको घोर भर्त्सना गरेका छन्।
सोमबार भदौ २३ गते भएको प्रदर्शनका क्रममा १९ युवाको ज्यान गएकोमा उनीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।
एक संयुक्त अपिल जारी गर्दै उनीहरूले घटनाको गहिराइमा पुगेर छानबिन गर्न सर्वाधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेका छन्। साथै, आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न ठोस कदम चाल्न पनि उनीहरूले सरकारलाई दबाब दिएका छन्।
- प्रमुख मागहरू
- प्रधानमन्त्रीको राजीनामा: १९ युवाको हत्या र सयौँ घाइते हुने गरी भएको दमनको मूल अभियोगीका रूपमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने।
- न्यायिक छानबिन: घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरिनुपर्ने।
- दोषीलाई कारबाही: घटनामा संलग्न सुरक्षा प्रमुख, प्रमुख जिल्ला अधिकारी र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने आदेश दिने अधिकारीहरूलाई तत्काल निलम्बन गरी छानबिन गर्नुपर्ने।
- क्षतिपूर्ति र उपचार: मृतकका परिवारलाई न्याय र उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था सुनिश्चित गर्नुपर्ने।
- कानुन खारेजी: नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता नियन्त्रण गर्न विगतमा बनाइएका सबै कानुन र नियमहरू निष्क्रिय वा खारेज गर्नुपर्ने।
अपिलमा हस्ताक्षरकर्ताहरूले जेन-जीका युवाहरूलाई प्रदर्शनमा घुसपैठ हुन नदिन र संयम अपनाएर शान्तिपूर्ण आवाज बुलन्द गर्न पनि आह्वान गरेका छन्।
पत्रकारहरूका लागि निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरणको सुनिश्चितताका साथै घाइते पत्रकारको उपचारको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन्। हस्ताक्षर गर्नेहरूमा तारानाथ दाहाल, गोविन्द आचार्य लगायतका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारी तथा नागरिक समाजका अगुवाहरू छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण