जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन
सारांश
- जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्ध आन्दोलन सुरु गरे, जसले गर्दा केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हटे।
- सोमबारको आन्दोलनमा प्रहरी दमनमा १९ जनाको मृत्यु भयो, जसले प्रदर्शन थप बढायो र सरकारी भवनमा आगजनी भयो।
- आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, उनी २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचार, बेतिथि, नेपोकिड्स, र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सोमबार बिहान ११ बजेबाट आन्दोलन सुरु गरेका थिए ।
उनीहरूको आन्दोलनको राप यति बढ्यो कि आन्दोलन सुरु भएको २७ घण्टामै प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमनमा पर्नुपर्यो ।
सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो ।
मंगलबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको घरमा आगजनी गरे ।
नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायतका सरकारी भवन ध्वस्त भए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय ध्वस्त भए ।
फलस्वरूप ओली राजीनामा दिन बाध्य भए । ओली २०८१ असार ३० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
-
सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन
-
हवाई पहुँच विस्तार गर्न इन्डोनेसियाले ३९ नयाँ विमानस्थल बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण