अपडेट : पशुपतिमा पुग्यो नेपाली सेना, स्थिति सामान्य
मङ्गलबार, २४ भदौ २०८२, २१ : २९
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाटको प्रयास गरेको सूचनापछि त्यहाँ नेपाली सेनाको टोली पुगेको छ ।
नेपाली सेनाका सहायक रथि तथा प्रवक्ता राजाराम बस्नेतले अराजक समूह पुगेको सूचनापछि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको रातोपाटीलाई जानकारी दिए । उनले स्थिति सामान्य रहेको जानकारी अध्यावधिक गराएका छन्।
नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण