बङ्गलादेशका खेलाडी नेपालमा अलपत्र
बुधबार, २५ भदौ २०८२, १० : १७
सारांश
- बङ्गलादेशको फुटबल टोली नेपालमा मैत्रीपूर्ण खेल खेल्न आएका थिए, तर जेनजीको आन्दोलनले गर्दा अलपत्र परेका छन्।
- नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।
- एन्फाका अनुसार खेलाडीहरू सुरक्षित छन् र त्रिभुवन विमानस्थल खुलेपछि उनीहरूलाई फर्काउने तयारी भइरहेको छ।
काठमाडौँ । बङ्गलादेशको राष्ट्रिय फुटबल टोलीका खेलाडी नेपालमा अलपत्र परेका छन् । नेपालमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न आएका खेलाडीहरू जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र परेका हुन् ।
नेपाल र बङ्गलादेशबिचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने तालिका रहेको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले पछिल्लो परिस्थिति हेरेर खेल स्थगित गरेको थियो ।
एन्फाका प्रवक्ता सुरेश शाहले बङ्गलादेशका खेलाडी सबै सुरक्षित भएको र आज १२ बजेपछि त्रिभुवन विमानस्थल खुलेपछि घर पठाउने तयारी भएको बताएका छन् ।
‘म निरन्तर बङ्गलादेशको एम्बेसीसँग सम्पर्कमा छु । खेलाडीहरू सुरक्षित छन् । आज १२ बजेपछि विमानस्थल खुलेपछि बङ्गलादेश पठाउने योजना छ,’ शाहले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण