सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्छ : अर्जुननरसिंह केसी
सारांश
- अर्जुननरसिंह केसीले सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताए।
- उनले सामाजिक एकताका लागि सात बुँदे प्रस्ताव अघि सारेका छन्, जसमा गोलमेच सम्मेलन, राष्ट्रिय सरकार गठन लगायतका विषय छन्।
- केसीले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग गठन र विदेशमा रहेको सम्पत्तिको अनुसन्धानको माग गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता केसीले सामाजिक एकता र मेलमिलापको शान्तिपूर्ण नयाँ कार्यदिशाका लागि सात विषय अगाडि सारेका छन् ।
जेनजी पुस्तालाई नेपालको भविष्य उल्लेख गर्दै केसीले लेखेका सात बुँदा यस प्रकार छन् ।
१. सर्वपक्षीय गोलमेच सम्मेलन ।
२. राष्ट्रिय सरकारको गठन।
३. आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड (यो जेञ्जी मात्र होइन आम जनता को चासो र माग हो )।
४. नेपालीको विदेशमा रहेका सम्पत्तिको अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण ।
५. जेनजीसँग गम्भीर र परिणाममुखी संवाद ।
६. संविधान संशोधनअघि गोलमेच सम्मेलनबाट निर्धारित विषय समेत केन्द्रमा राखी जनमत सङ्ग्रह ।
७. विधि विहीनता, दण्डविहीनता विहीनता,भ्रष्टाचार मुक्त समाज र सुशासन जेनजीको माग हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण