मधेसका जेलबाट भागे १ हजारभन्दा धेरै कैदी, अधिकांश लागुऔषध र बलात्कार मुद्दाका
सारांश
- मधेस प्रदेशका चार जिल्लाका जेलहरूबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन्।
- सप्तरी, रौतहट र महोत्तरीका जेलबाट कैदीबन्दी भागेका छन् भने वीरगञ्जको बाल सुधारगृहबाट बालकहरू भागेका छन्।
- फरार हुने अधिकांश कैदीहरू लागुऔषध मुद्दा, बलात्कार, र हत्या जस्ता जघन्य अपराधमा संलग्न छन्।
वीरगञ्ज । मधेस प्रदेशका विभिन्न जेलबाट ठुलो संख्यामा कैदी भागेका छन् । मधेस प्रहरीका अनुसार प्रदेशका चार जिल्लाबाट एक हजार ८० कैदीसँगै बाल सुधारगृहका बालकहरू भागेका छन् ।
सप्तरी, महोत्तरी, रौतहट र पर्साबाट कैदीबन्दी भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरी जेलमा रहेका कुल ३९७ जना कैदीबन्दीमध्ये २०५ जना भागेका छन् भने रौतहट जेलमा रहेका २९२ जना कैदीमध्ये २३२ जना भागेका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैगरी महोत्तरी कारागारमा रहेका ५७६ जनामध्ये ५७५ जना फरार भएका प्रदेश प्रहरीको विवरण छ ।
मधेसका सप्तरी, रौतहट र महोत्तरीका जेलबाट कैदीहरू भागेका छन् भने वीरगञ्जको बाल सुधारगृहबाट ६८ जना बालकहरू भागेका प्रहरी तथ्यांक छ ।
जेनजी आन्दोलपछि कैदीहरू जेल फोडेर भागेक हुन् । प्रहरी प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार भाग्ने अधिकांश कैदीहरू लागुऔषध मुद्दा, बलात्कार, हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेका छन् ।
लामो अवधि बस्ने अधिकांश कैदीहरू भागेका छन् । प्रहरीले उनीहरूलाई खोज्ने काम भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण