अपडेट
जङ्गी अड्डा परिसरबाट हर्कले भने– प्रधानमन्त्री बन्न रेडी छु
बुधबार, २५ भदौ २०८२, १९ : ४३
काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ राईले आफू देशको प्रधानमन्त्री बन्न रेडी भएको बताएका छन् ।
जङ्गी अड्डा परिसरमा बुधबार पत्रकारसँग कुरा गर्दै उनले युवाहरूले नेतृत्व दिए प्रधानमन्त्री बन्न तयार रहेको बताएका हुन् ।
जेनजी युवाहरूको एक समूहले सुशीला कार्कीको नेतृत्व प्रस्ताव गरेपछि हर्क साम्पाङ आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेका थिए ।
त्यसपछि सेनाको मुख्यालयमा बालेनले नेतृत्व लिन नमाने हर्कले लिनुपर्ने भन्दै जेनजीहरुबिच विवाद भएको थियो ।
तर केही जेनजी युवाहरूले सुशीला कार्की नै अहिलेको समयमा उत्तम भनेका छन् । हर्क साम्पाङ अहिले जङ्गी अड्डाबाट निस्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण