सुर्खेतमा निषेधाज्ञा: बिहानैदेखि भेला हुन रोक
सारांश
- सुर्खेत जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा जारी गरेको छ।
- बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।
- निषेधाज्ञा वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङ्गेसिमलसम्म र राजमार्गको ३०० मिटरभित्र लागू हुनेछ।
सुर्खेत । शान्ति सुव्यवस्था कायम राख्न र सम्भावित अशान्तिलाई नियन्त्रणमा लिनका लागि सुर्खेत जिल्ला प्रशासन कार्यालयले आज बिहानैदेखि महत्त्वपूर्ण निर्णय गरेको छ ।
जिल्लाका केही प्रमुख क्षेत्रमा निषेधाज्ञा जारी गर्दै बिहान ८:३० बजेदेखि साँझ ६:०० बजेसम्म पाँच जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले स्थानीय प्रशासन ऐनको अधिकार प्रयोग गर्दै यो कडा कदम चालेका हुन्। यसले गर्दा सुर्खेतको जनजीवनमा आज दिनभर केही फरक पर्ने देखिन्छ।
प्रशासनले जारी गरेको सूचना अनुसार, वीरेन्द्रनगरका सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्मको रत्न राजमार्गको उत्तरतर्फको पूरै उपत्यका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
यस्तै, रत्न राजमार्गको दक्षिणतर्फ ३०० मिटरभित्रको परिधिमा पनि निषेधाज्ञा जारी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण