अपडेट
अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
बिहीबार, २६ भदौ २०८२, ११ : ३३
सारांश
- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
- राष्ट्र बैंकले संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा प्रदान गर्न निर्देशन दिएको हो।
- अन्य प्रणालीहरू रिमोट एक्सेसमार्फत् सञ्चालन गर्न र सूचना वेबसाइटमा राख्न पनि भनिएको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । बिहीबार राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुनेगरी आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
अन्य प्रणालीको हकमा भने रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । साथै यससम्बन्धी सूचना आफ्नो वेभसाइटमार्फत् सार्वजनिक गर्न समेत राष्ट्र बैंकले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण