अमेरिकी छापामारीपछि कम्पनीहरू अमेरिकामा पैसा लगाउन हच्किनेछन्ः लि जाए म्युङ
सारांश
- दक्षिण कोरियाका राष्ट्रपति लि जाए म्युङले अमेरिकी अध्यागमनको छापामारीपछि दक्षिण कोरिया रुष्ट बनेको बताए ।
- जर्जियामा रहेको हुयुन्डाईको कारखानामा छापा मार्दा ५०० गैरकानूनी आप्रवासी कामदार फेला परे, जसमध्ये ३०० भन्दा बढी दक्षिण कोरियाली थिए ।
- राष्ट्रपति लिले अब यस्तो अवस्था रहे अमेरिकामा कारखाना खोल्नु दुष्कर हुने बताए।
सोल । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुयुन्डाईको जर्जिया राज्यमा रहेको कारखानामा गएको हप्ता अमेरिकी अध्यागमनका अधिकारीहरूको व्यापक छापामारीपछि दक्षिण कोरिया रुष्ट बनेको छ । यो घटनापछि अमेरिकामा लगानी गर्न दक्षिण कोरियाली कम्पनीहरू अब निकै हच्किने दक्षिण कोरियाका राष्ट्रपति लि जाए म्युङले भनेका छन् ।
आफू राष्ट्रपति भएको पहिलो सय दिनको अवसरमा बोल्ने क्रममा लिको यो भनाई आएको हो । छापा मार्ने क्रममा सो कारखानाबाट झन्डै ५ सय जति गैरकानूनी रुपमा अमेरिका बसिरहेका आप्रवासी कामदार भेटिएका थिए ।
यीमध्ये ३ सय भन्दा धेरै दक्षिण कोरियाली नागरिक थिए । शुक्रबार यी आप्रवासीलाई स्वदेश फर्काउन बुधबार नै दक्षिण कोरियाले चार्टर विमान अमेरिका पठाएको थियो । अमेरिकी पक्षका कारण स्वदेश फिर्तीमा ढिलाइ भएको बताइएको छ । विदेशमा रहेका दक्षिण कोरियाली कम्पनीलाई मद्दत गर्न कामदार पठाउनु कोरियाका लागि नौलो अभ्यास नभएको भन्दै लिले अमेरिकी अवस्था निकै अलमल्ल पार्ने खालको भएको भनेका थिए ।
अब उप्रान्त यस्तो गर्न दिइएन भने अमेरिकामा कारखाना खोल्नु झनै दुष्कर हुने भन्दै लिले दक्षिण कोरियाली कम्पनीले त्यहाँ कारखाना खोल्नुको अर्थ के भन्ने प्रश्न गरेका छन् । गएको हप्ता अमेरिकी अधिकारीहरूले जर्जियामा रहेको ह्युन्डाईको ब्याट्री बनाउने कारखानाबाट ४७५ जना अवैध आप्रवासीलाई समातेका थिए । जर्जियामा रहेको यो कारखाना कम्पनीको अमेरिकामा अहिलेसम्मकै ठुलो लगानीमा खुलेको कारखाना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण