सरकार बनाउने पहल राष्ट्रपतिबाटै हुनुपर्छ : नेपाल पत्रकार महासङ्घ
सारांश
- नेपाल पत्रकार महासङ्घले युवा पुस्ताका माग सम्बोधन गर्नुपर्ने जनाएको छ।
- महासङ्घले युवा आन्दोलनमा सरकारी दमनको निन्दा गर्दै संरचनाको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
- महासङ्घले शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिको पहल र नयाँ सरकार गठनको लागि आग्रह गरेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले जेनजी पुस्ताका मागहरूमाथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको ठहर गरेको छ । महासङ्घका अध्यक्ष निर्मला शर्माले बिहीबार एक अपिल सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरुद्ध उठेको युवाहरूको आवाजलाई दबाउन गरिएको सरकारी दमनलाई निन्दनीय भनिएको छ ।
आन्दोलनका नाममा सरकारी, सार्वजनिक, निजी र भौतिक संरचनाको क्षतिप्रति महासङ्घ दुःख व्यक्त गर्दै यस्तो क्षतिको असर मुलुकले दीर्घकालसम्म व्यहोर्नु पर्ने महासङ्घले चिन्ता प्रकट गरेको छ ।
महासङ्घले तत्काल अहिलेको सङ्क्रमणकालीन अवस्थाको अन्त्यका लागि शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले संवैधानिक र राजनीतिक रूपमा निकास निकाल्न पहल गर्नुपर्ने जनाएको छ । ‘मूलत वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्दछ भन्ने महासङ्घको ठहर छ’, अपिलमा भनिएको छ ।
साथै महासङ्घले नयाँ सरकार गठनको पहल राष्ट्रपतिबाट पहल हुनुपर्ने जनाएको छ । ‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाइसकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ र यसको लागि सहजीकरण गर्न पत्रकार महासङ्घ लगायतका ६ वटा पेसागत सञ्जाल पापड तयार रहेको जानकारी गराउँदछौ’, महासङ्घले भनेको छ ।
पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिकालाई महासङ्घले सराहनीय भनेको छ । ‘सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ ,जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर रहेको छ । तर पछिल्लो समय शान्ति सुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ’, अपिलमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण