दोलखामा दलहरूको आपत्ति - सार्वजनिक सम्पत्ति क्षति हुँदा सुरक्षा निकाय मूकदर्शक बने
सारांश
- दोलखाका राजनीतिक दलहरूले जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्ति क्षति हुँदा सुरक्षा निकाय मौन बसेकोमा आपत्ति जनाए।
- दलहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै जेनजीका जायज मागलाई समर्थन जनाए।
- दलहरूले भ्रष्टाचारमुक्त राष्ट्र र पारदर्शिताको माग गर्दै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्ने प्रतिबद्धता जनाए।
हेटौँडा । दोलखाका प्रमुख राजनीतिक दलहरूले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति क्षति हुँदा सुरक्षा निकायहरू मूकदर्शक बनेका भन्दै आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुँदा समेत नेपाली सेनालगायत सुरक्षा निकाय मूकदर्शक भएर बसेको घटनाको गम्भीर समीक्षा र पुनरवलोकन गर्न माग गरेका हुन् ।
बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै दलहरूले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गरेका छन् । दलहरूले जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध उठाएका मागहरू जायज रहेको भन्दै आन्दोलनप्रति पूर्ण समर्थन जनाएका छन् ।
भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शी शासन प्रणाली, न्याय र जवाफदेहिता जस्ता मागहरू पूरा गर्न र भ्रष्टाचारका मुद्दामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन दलहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।
दलहरूले नेपाली जनताको संघर्षबाट प्राप्त संविधान–२०७२ ले व्यवस्था गरेका लोकतान्त्रिक गणतन्त्र, संघीयता, र समावेशिताजस्ता उपलब्धिहरूको रक्षाका लागि आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् । आउँदा दिनमा राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक व्यवस्थाअनुसार नै हुनुपर्नेमा उनीहरूको जोड छ ।
आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण