हिजो भन्दा थप मनोबलका साथ काम गर्न आईजीपी खापुङकाे आग्रह
बिहीबार, २६ भदौ २०८२, २१ : १७
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् ।
बिहीबार साँझ एक भिडियोमार्फत प्रहरी महानिरीक्षक खापुङले यस्तो बताएका हुन् । देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खापुङले नियमित प्रहरी कार्यमा हिजो भन्दा थप मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
साथै उनले गत सोमबार र मंगलबार जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण