लुटपाट बढेपछि बन्न थाले प्रतिकार समूह, धपाइएका प्रहरीलाई धमाधम स्वागत गर्दै स्थानीय
सारांश
- जेनजी प्रदर्शनपछि काठमाडौं उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरू विस्थापित भए।
- लुटपाट र चोरी रोक्न युवाहरूले प्रतिकार समूह बनाएर फोन नम्बर सार्वजनिक गरेका छन् ।
- स्थानीयहरूले आगजनी गरिएका प्रहरी कार्यालय सफाइ गरेर प्रहरीलाई स्वागत गरेका छन्।
काडमाडौँ। जेनजी प्रदर्शनपछि काठमाडौँ उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरू विस्थापित भए । काठमाडौँमा डीएसपी इन्चार्ज हुने १४ वटा वृत्त मध्ये प्रहरी वृत्त मालिगाउँ भन्दा बाहेक अन्य वृत्तमा प्रदर्शनमा उत्रिएका उच्छृङ्खल समूहले आगजनी गरेका छन् ।
इन्स्पेक्टरले नेतृत्व गर्ने प्रहरी प्रभागहरु पनि तोडफोड र आगजनी भएको छ । ललितपुरका दुईवटा र भक्तपुरका दुईवटा प्रहरी वृत्तमा पनि प्रदर्शनकारीले आगजनी गरे । प्रहरी नभएपछि चोरी र लुटपाटका सहितका सुरक्षा चुनौती बढेको छ ।
_BmisiaItlo.jpg)
झैझगडा र लुटपाट हुँदा प्रहरी घटनास्थलमा नपुग्ने अवस्था भएपछि स्थानीयले आगजनी गरिएका प्रहरी कार्यालय सफाइ गरेर प्रहरीलाई स्वागत गर्न थालेका छन् ।
_KvTIY1BsKu.jpg)
जेनजी प्रदर्शनको क्रममा भैँसेपाटी स्थित प्रहरी प्रभागमा आगजनीपछि विस्थापित भएका प्रहरीलाई स्थानीयले स्वागत गरेका छन् । बिहीबार मध्यान्ह प्रहरी कार्यालयमा सरसफाइ गरेर स्थानीयले त्यहाँ कार्यरत इन्स्पेक्टर शशि शर्माको टोलीलाई स्वागत गरेका हुन् ।
स्थानीयसँगको सहकार्यमा प्रहरी कर्मचारी आगजनी भएकै भवनमा बस्न थालेका छन् । ललितपुरका ११ वटा प्रहरी कार्यालयहरू पुनर्स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
लुटपाट र चोरी रोक्न युवाहरूले प्रतिकार समूह तयार गरेका छन् । ललितपुरमा युवाहरूको टिमले फोन नम्बर सहित राखेर सामाजिक सञ्जाल फेसबुक ग्रुप ‘मेन्स रुम रिलोडेड’ मार्फत फोन नम्बर पनि सार्वजनिक गरेका छन् । तत्काल सुरक्षाकर्मी नपुग्ने ठाउँमा अराजक गतिविधि भए आफूहरू सहयोग गर्न आउने युवाहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
-5.27-(2082)...._bp4QVDAf3i.jpg)
युवाहरूले धमाधम अराजकताविरुद्ध प्रतिकार समूह बनाएर सार्वजनिक गरिरहेका छन् ।
-5.27-(2082).._9Vw0ZuY0DR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण