प्यालेस्टाइन राज्य स्वीकार छैन, याे हाम्रो भूमि हो : नेतन्याहु
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा यहुदी बस्ती विस्तार योजनालाई अघि बढाएका छन्।
- नेतन्याहुले प्यालेस्टिनी राज्य स्वीकार नगर्ने र यो भूमि इजरायलको भएको बताएका छन्।
- इजरायलले वेस्ट बैंकमा नयाँ यहुदी बस्ती स्थापना गर्ने योजना बनाएको छ, जसले अन्तर्राष्ट्रिय विरोध निम्त्याएको छ।
तेल अभिभ । आफ्नो सेनाको कब्जामा रहेको वेष्ट बैंकमा यहुदी बस्ती बसाल्ने योजनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आधिकारिक रुपमा अगाडि बढाएका छन् । बिहीबार नेतन्याहुले कुनै प्यालेस्टाइन राज्य स्वीकार नहुने भन्दै त्यो भूमिमा इजरायल भएको अभिव्यक्ति दिएका छन् ।
कयौँ पश्चिमी देशहरूले प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिरहँदा बिहीबार नेतन्याहुले वेस्ट बैंकमा एक प्रमुख यहुदी बस्ती परियोजनाको लागि हस्ताक्षर समारोहमा बोल्दै यो कुरा भनेका हुन् । यो समारोह जेरुसेलमको पूर्वमा रहेको यहुदी बस्ती माले अदुमिममा आयोजना गरिएको थियो । यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।
‘हामी हाम्रो वाचा पूरा गर्नेछौँ कि त्यहाँ कुनै प्यालेस्टिनी राज्य हुनेछैन । यो भूमि हाम्रो हो’ कार्यक्रममा नेतन्याहुले भने । आफूहरूले आफ्नो सम्पदा, भूमि र सुरक्षाको रक्षा गर्ने पनि उनले बताए ।
‘हामी सहरको जनसङ्ख्या दोब्बर गर्नेछौँ’ अगाडि उनले भने । इजरायलले लामो समयदेखि वेस्ट बैंकमा ईवान नामक लगभग १२ वर्ग किलोमिटर जमिनमा यहुदी बस्ती स्थापना गर्ने योजनामा काम गरिरहेको छ । तर अन्तर्राष्ट्रिय विरोधका कारण यो योजना वर्षौंदेखि अड्किएको थियो ।
नयाँ बस्ती निर्माण भइरहेको ठाउँ इजरायली बस्ती माले अदुमिम र जेरुसेलम बिचको क्षेत्र हो । यो नयाँ बस्ती प्यालेस्टाइनको उत्तरी र दक्षिणी क्षेत्रहरूलाई जोड्ने बाटोमा रहेको छ । यो ठाउँमा इजरायलले ३ हजार ४०० घर बनाएर यहुदी बस्ती स्थापना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण