'वर्तमान संकट समाधानका लागि संविधानको परिधिभित्र रहेर संवाद हुनुपर्छ'
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, नुवाकोटले जेन-जी आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।
इन्चार्ज हिरानाथ खतिवडा र संयोजक पुष्प लामिछानेले शुक्रबार जारी एक विज्ञप्तिमा आन्दोलनका माग जायज भए पनि भाद्र २४ गते देशभर भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले गम्भीर अवस्था सिर्जना गरेको भन्दै त्यसको औचित्यबारे प्रश्न उठाइएको छ ।
पार्टीले दिवंगत नेता पोस्टबहादुर बोगटीको सालिकमा भएको तोडफोडप्रति आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न समेत आग्रह गरेको छ । वर्तमान संकट समाधानका लागि जेन-जी प्रतिनिधि र नेपाली सेनाबीच संविधानको परिधिभित्र संवाद हुनुपर्ने माओवादी केन्द्र नुवाकोटको भनाइ छ ।
संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र मौलिक अधिकारको रक्षा गर्दै अग्रगामी संशोधनमार्फत मात्र निकास सम्भव हुने उल्लेख गर्दै पार्टीले राजनीतिक दल, प्रशासन र आम जनतालाई संयमित भई सहकार्य गर्न आह्वान गरेको छ । साथै दशैं–तिहार नजिकिएका बेला कालोबजारी र तस्करी नियन्त्रण गर्न प्रशासनलाई सचेत गराइएको छ ।

_YgmJW27yeN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण