संविधान सुधार अनिवार्य, ‘जेनजी’ आन्दोलनले नयाँ मार्ग खोलेको छ : सूर्यराज आचार्य
काठमाडौँ । सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ सूर्यराज आचार्यले नेपाललाई अहिले विद्यमान संविधान वा देशको भविष्यबिचको कठोर विकल्पको स्थितिमा पुगेको टिप्पणी गरेका छन्।
उनले १० वर्षको प्रयासपछि बनेको संविधानले न त राजनीतिक स्थिरता दिन सकेको न त समृद्धि र रोजगारीको आशा जगाउन सफल भएको भन्दै यसको उद्देश्य र उपलब्धि दुवै स्पष्ट नभएको बताएका हुन्।
आचार्यका अनुसार संविधान र विकृत संसदीय राजनीति ‘लक्ड–इन’ अवस्थामा पुगेकाले मुलुकले दीर्घकालीन सङ्कट भोगिरहेको छ। ‘संसद्का दुई ठुला दलबिच संविधान सुधार गर्ने भन्दै गठबन्धन बने पनि १४ महिना बित्दा कुनै पहल भएन,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्।
उनले हालैको ‘जेनजी’ आन्दोलनलाई नेपालको ऐतिहासिक उपलब्धि भन्दै यसले पुरानो दोहनकारी राजनीतिलाई किनारमा पुर्याएर सफा राजनीति र प्रभावकारी प्रणालीप्रतिको आशा जागृत गरिदिएको बताए। तर, उनले चेतावनी दिँदै भने, ‘यदि यही संविधानभित्र अन्तरिम सरकार गठन गरी चुनाव गर्ने र सरकार बनाउने हो भने पुरानै प्रवृत्ति दोहोरिन्छ, जुन अब मुलुकले धान्न सक्दैन।’
आचार्यले संवैधानिक कानुनका हिसाबले सहज बाटो रोज्दा मुलुक अझ असहज अवस्थामा पुग्न सक्ने भन्दै यो विषयलाई केवल कानुनी दायरामै सीमित नगरी मुलुकको दीर्घकालीन हित, नयाँ पुस्ताको चाहना र विद्यमान भ्रष्टाचार–विसङ्गतिको अन्त्यका कोणबाट पनि हेर्नुपर्ने सुझाव दिएका छन्।
उनका अनुसार अब नेपालले विद्यमान ‘डिस्फङ्सनल’ संविधान वा नयाँ संवैधानिक व्यवस्थामध्ये एउटामात्र रोज्नुपर्ने अपरिहार्य परिस्थिति आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण