शपथ ग्रहण
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिन जेनजीसँगै सुमना र सन्जोग (तस्बिरहरू)
शनिबार, २८ भदौ २०८२, ०३ : ३१
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिन रास्वपा सांसद र कलाकारको टोली पुगेको थियो।
- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ खुवाएका थिए।
- शपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम भट्टराईको मात्र उपस्थिति रहेको थियो।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिन जेनजी प्रतिनिधि टोलीसहित रास्वपा सांसद तथा पूर्वमन्त्री सुमना श्रेष्ठ र कलाकार सन्जोग कोइराला पुगेका थिए।
लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी सोही दिन शपथ खुवाएका थिए। सामान्यतया शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने गर्दछ। तर शुक्रबारको कार्यक्रममा फरक दृश्य देखियो।
प्रधानमन्त्री कार्कीको शपथ ग्रहण कार्यक्रममा उप–राष्ट्रपति र प्रधानन्यायाधीश सहभागी भएका थिए भने पूर्वप्रधानमन्त्रीहरुमा केवल बाबुराम भट्टराई उपस्थित थिए।
-ink_D9BPllGTbT.jpg)
-ink_TXrkQ6OG4I.jpg)
-ink_RodRTZRZ3D.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण