भारतका प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बधाई दिएका छन्।
- मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालको शान्ति, प्रगति र समृद्धिका लागि भारत प्रतिबद्ध रहेको बताए।
- भारतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारलाई स्वागत गरेको छ।
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै यो शुभकामना दिएका हुन्।
उक्त पोस्टमा मोदीले लेखेका छन्, "नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।"
भारतले शुक्रबार रातिनै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘निकटतम छिमेकी, साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध छ।’
I extend my best wishes to Right Hon. Mrs. Sushila Karki on assuming office as the Prime Minister of the Interim Government of Nepal. India remains firmly committed to the peace, progress and prosperity of the people of Nepal.
— Narendra Modi (@narendramodi) September 13, 2025
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण