नेताहरू नसुध्रे योभन्दा ठूलो जनविद्रोह हुने चेतावनी
सारांश
- रौतहटमा कांग्रेस र एमालेका नेताहरूले जेनजी आन्दोलन र राजनीतिक संकटबारे छलफल गरेका छन्।
- बैठकमा भ्रष्टाचार, परिवारवाद र भागबण्डाको राजनीतिलाई देशको दुर्दशाको कारण मान्दै छानबिनको माग गरिएको थियो।
- युवाहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै दलहरूले जेनजी आन्दोलनलाई सुधारको चेतावनीका रूपमा लिएका छन्।
रौतहट । रौतहट क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले संयुक्त क्षेत्रीय समीक्षा बैठक गरी हालैको जेनजी आन्दोलन र त्यसले उत्पन्न गरेको राजनीतिक संकटबारे गम्भीर छलफल गरेका छन्।
कटहरिया बजारमा सम्पन्न बैठकमा दुवै दलका नेताहरूले आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भ्रष्टाचार, परिवारवाद र भागबण्डाको राजनीति नै देशको वर्तमान दुर्दशाको मुख्य कारण रहेको निष्कर्ष निकालेका हुन्।
बैठकमा सहभागी वक्ताहरूले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी, नगरपालिकामा तोडफोड, कैदी भाग्ने घटना र सुरक्षाकर्मीको बर्बरता जस्ता आपराधिक गतिविधिहरूको उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे। उनीहरूले देशका ठूला राजनीतिक दलका नेताहरूले आफ्ना गल्तीहरूबाट पाठ नसिके जेनजी आन्दोलनभन्दा ठूलो जनविद्रोह हुने चेतावनी दिए।
प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी पुस्ताको चाहनाअनुसार बनेको सरकारको प्रमुख प्रतिनिधि भन्दै सबै दलले उनको नेतृत्वलाई समर्थन गर्नुपर्ने धारणा पनि बैठकमा राखिएको थियो। सहभागीहरूले युवाहरूले उठाएका जायज मागहरूप्रति सबै दलले ऐक्यबद्धता देखाउनुपर्नेमा जोड दिए।
यस संयुक्त बैठकलाई परम्परागत रूपमा एक-अर्काका प्रतिस्पर्धी रहेका कांग्रेस र एमालेबीचको असामान्य सहकार्यका रूपमा हेरिएको छ। बैठकले जेनजी आन्दोलनलाई केवल असन्तुष्ट युवाहरूको विद्रोह मात्र नभई नेपाली राजनीतिमा सुधारका लागि 'चेतावनी' को रूपमा लिएको स्पष्ट सन्देश दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण