पाकिस्तानमा विनाशकारी बाढी : दुई लाखभन्दा बढी मानिस विस्थापित
सारांश
- मनसुनी वर्षाका कारण आएको बाढीले पाकिस्तानमा जनजीवन अस्तव्यस्त बनाएको छ, जसले लाखौं मानिसलाई विस्थापित गरेको छ।
- बाढी र पहिरोमा परेर ९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, र सरकारको प्रकोप व्यवस्थापनमा लगानीको कमीलाई आलोचकहरूले दोष दिएका छन्।
- उद्धार कार्यका क्रममा डुङ्गा पल्टिँदा मंगलबार ९ जनाको मृत्यु भएको थियो, जसले उद्धार कार्यलाई थप जोखिमपूर्ण बनाएको छ।
इस्लामवाद । पाकिस्तानमा मनसुनी वर्षाका कारण आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ। बाढीबाट प्रभावित दुई लाखभन्दा बढी मानिसलाई पन्जाब प्रान्तबाट सुरक्षित स्थानमा सारिएको छ।
राष्ट्रिय विपद् व्यवस्थापन प्रमुख इनायम हैदर मलिकले सिन्ध प्रान्तबाट पनि १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्।
उनले आगामी दिनमा विस्थापित हुनेहरूको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय मेडिकल कोर्प्सका अनुसार, जुन महिनाको अन्त्यदेखि हालसम्म बाढी र पहिरोमा परेर ९ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा बाढीको समस्या विकराल बनेको भए पनि आलोचकहरूले भने प्रकोप व्यवस्थापनमा सरकारको लगानीको कमीलाई जिम्मेवार ठहराएका छन्। उनीहरूका अनुसार, पूर्वसूचना प्रणाली र पूर्वाधारमा पर्याप्त ध्यान नदिँदा मानवीय क्षति बढेको हो।
बाढीले लाखौँ एकडमा फैलिएको खेती र घरहरू नष्ट गरेको छ। यसले पाकिस्तानको ४० प्रतिशत गरिबीको रेखामुनि रहेका मानिसलाई थप समस्यामा पारेको छ।
बाढीको जोखिम हुँदाहुँदै पनि धेरै परिवार आफ्नो सम्पत्तिको रक्षा गर्न घरमै बसेको र उद्धारकर्मीहरूले डुङ्गाको सहायताले घर(घर पुगेर उनीहरूलाई सुरक्षित स्थानमा सारेको बीबीसीले जनाएको छ। तर, बाढीको तीव्र बहावका कारण डुङ्गाबाट गरिने उद्धार कार्य पनि जोखिमपूर्ण बनेको छ।
यसै क्रममा, सिन्धु नदीमा उद्धारका लागि प्रयोग गरिएको डुङ्गा पल्टिँदा मंगलबार ९ जनाको मृत्यु भएको थियो। केही दिनअघि पनि यस्तै घटनामा पाँच जनाले ज्यान गुमाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण