पुनः सञ्चालनमा आयो भाटभटेनी, ग्राहकलाई धन्यवाद दिँदै शान्तिको कामना
शनिबार, २८ भदौ २०८२, १६ : ०३
सारांश
- भटभटेनी सुपरमार्केट चेनले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा ल्याएको छ।
- कम्पनीले ग्राहकको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ।
- आन्दोलनका कारण बन्द भएका स्टोरहरू फेरि खुलेका छन्, र पहिलेकै प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेपालको सुपरमार्केट चेन भाटभटेनीले आफ्ना स्टोरहरू पुनः सञ्चालनमा आएको घोषणा गरेको छ। कम्पनीले एक सन्देश जारी गर्दै ग्राहकहरूको धैर्य, साथ र विश्वासका लागि धन्यवाद दिएको छ।
‘हाम्रा ढोकाहरू फेरि खुलेका छन्,’ सामाजिक सञ्जालमा गरिएको पोस्टमा भनिएको छ, ’भाटभटेनी एउटा स्टोर मात्र नभई तपाईंको परिवार हो।’
कम्पनीले आफ्ना ग्राहकहरूलाई सधैंझैँ उही हेरचाह र प्रतिबद्धताका साथ सेवा दिन फर्केको जनाएको छ। हालैको आन्दोलनका कारण भाटभटेनीका केही स्टोरहरू बन्द गरिएका थिए। देशभर भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरहरू तोडफोड र आगजनीसमेत भएका थिए ।
कम्पनीले सबैलाई मिलेर उज्ज्वल र शान्त दिनहरूतर्फ अघि बढ्न पनि आह्वान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण