भाटभटेनीमा चाेरी गरेकाे आरोपमा स्कुलबाट निष्कासित भए शिक्षक
शनिबार, २८ भदौ २०८२, १६ : ३४
सारांश
- बुटवलको कालिका मानवज्ञान माविले भाटभटेनीमा तोडफोडमा संलग्न शिक्षकलाई निष्कासन गर्यो।
- शिक्षक शिवशंकर शुक्लालाई भदौ २४ गतेको घटनामा संलग्न भएको आरोप लागेको छ ।
- प्रधानाध्यापक दिनेश थापाले शुक्लाले विद्यालयको आचारसंहिता उल्लंघन गरेको बताए।
काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले एक शिक्षकलाई निष्कासन गरेको छ । उक्त विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् ।
शुक्ला भदौ २४ गते भएको जीनजीको प्रदर्शनका क्रममा बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् । साथै शुक्लाले विद्यालयको आचारसंहिता तथा नियम विपरित कार्य गरेको समेत थापाद्वारा जारी कारबाही पत्रमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र सीपीसीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउबिच भेटवार्ता
-
गण्डकीको बजेटः भौतिक र ऊर्जामा आधाभन्दा बढी, चालु वर्ष २ अर्ब खर्च नहुने
-
सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
-
कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
-
दलहरूसँग एकीकरण गर्न जनमतले बनायाे तीन सदस्यीय वार्ता टोली
-
लुम्बिनी सरकारकाे बजेट : प्रशंसा र आलोचनाबिच कार्यान्वयनको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण