पोखरा-१३ ले आगजनी भएको आफ्नो वडा आफैँ बनाउने, वडाबासीसँग माग्यो सहयोग
पोखरा । पोखरा महानगरपालिका–१३ नम्बर वडा कार्यालयको भवन स्थानीयको सहयोगमा वडा आफैले पुनर्निर्माण गर्ने भएको छ ।
वडाध्यक्ष किरण बरालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो वडा बनाउने अभियानमा जुट्न सबैलाई आह्वान गरेका हुन् ।
उक्त वडा कार्यालय भदौ २४ गते प्रदर्शनकारीहरुले जलाएका थिए । ‘अब समय आएको छः गुनासो होइन, सहभागिताको । एकता र पुनःस्थापनाको बाटो अवलम्बन गर्दै आफ्नो वडा, आफैं बनाउने अभियानमा जुट्ने घडी आएको छ,’ उनले लेखेका छन्, ‘एउटा इँटा तपाईंको, अर्को मेरो । हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौँ ।’
नेपाली कांग्रेसबाट निर्वाचित उनले घटनामा नियोजित घुसपैठ भएको आरोप पनि लगाएका छन् । आन्दोलनभन्दा बाहिरको अराजक समूहले वडामा आगो लगाएको उनको गुनासो छ । वडाको सबै कागजात जलेर नष्ट भएको छ भने भवन पनि काम नलाग्ने गरी डढेको छ । आगजनीका कारण करोडभन्दा बढीको क्षति भएको बरालले बताए ।
सबै संरचना वडाका नागरिकहरूसँग आर्थिक सहयोग जुटाएर भवन पुनर्निर्माण गर्ने उनको घोषणा छ ।
‘वडा कार्यालयमा भएको आगजनी र हिंसा नियोजित हो । यसले आन्दोलनको गरिमा पनि घटाएको छ,’ अघि भने, ‘ वडाबासीहरूको साथ, सहयोग र संयमले नै हामीलाई फेरि उठ्ने हिम्मत दिएको छ । उहाँहरूकै साथ र सहयोगले हामी वडा निर्माण गर्छौँ ।’
पोखराका अधिकांश वडाहरू प्रदर्शनका क्रममा जलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण