मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

शनिबार, २८ भदौ २०८२, २२ : ४१
शनिबार, २८ भदौ २०८२

सारांश

  • गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा आवासीय क्षेत्रमा व्यापक विनाश भएको छ।
  • इजरायली सेनाले गाजा शहर खाली गर्न खोजिरहेको छ, जसले गर्दा ३ लाख ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
  • गाजामा चिकित्सा उपकरण र उपचारात्मक खानाको अभाव भएको छ, जसले कुपोषित बालबालिकाको संख्या बढाएको छ।

गजा। गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ ।

प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । 

पछिल्ला केही दिन यता इजरायली सेनाले गाजा शहरमा आफ्नो कारबाहीलाई विस्तार गर्दै बासिन्दाहरूलाई बस्ती छोड्न चेतावनी दिएको छ । 

गाजाको नागरिक सुरक्षा निकायले आक्रमणका कारण इजरायलले विस्थापितहरूलाई आश्रय दिने विद्यालयहरू र आवासीय भवनहरू खचाखच भरिएको बताएका छन्।  ऋाक्रमणबाट दर्जनौँको मृत्यु भएको छ र सयौँ घाइते भएका छन्। 

एक विज्ञप्ति जारी गर्दै इजरायली सेनाले “गाजामा ‘व्यापक भौतिक संरचनाको विनाश’ गरी सहर खाली गर्न खोजेको उल्लेख गरेको छ ।”

हमास नियन्त्रित गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भनेको छ, “अगस्ट ११ मा आफ्नो भूमि (गाजामा) आक्रमण सुरु भएदेखि इजरायली सेनाले एक हजार ६०० भन्दा बढी आवासीय भवनहरू र विस्थापित परिवारहरूका लागि बनाइएका १३ हजार टेन्टहरू नष्ट गरेको छ, जसले तीन लाख ५० हजारभन्दा बढी मानिसहरूलाई पूर्वी गाजा शहरबाट मध्य र पश्चिमी क्षेत्रहरूमा भाग्न बाध्य पारेको छ।

शुजैया, जायतौन, तुफाह, रिमाल र शेख राडवानसहित प्रमुख छिमेकहरू व्यवस्थित विनाशको सामना गरिरहेका विज्ञप्तिमा उल्लेख छ । 

आक्रमणलाई यसले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भनेको छ।

इजरायली सेनाका प्रवक्ता अविचे अद्राईले शनिबार भने, “करिब दुई लाख ५० हजारभन्दा बढी बासिन्दाहरू ‘उनीहरूको सुरक्षाका लागि’ गाजा सहर छोडेका छन्।” उनले नागरिकहरूलाई दक्षिणी गाजाको अल–मवासीको ‘मानवीय क्षेत्र’ वा मध्य गाजाको ‘खाली क्षेत्रहरू’ मा जानको लागि अल–रशीद स्ट्रिट प्रयोग गर्न आग्रह गर्नुभयो । उनले गाजा सहर ‘खतरनाक युद्ध क्षेत्र’ बनेको र त्यहाँ हमासलाई पराजित गर्न सेना प्रतिबद्ध रहेको बताए । 

यसैबीच, गाजाको नासिर मेडिकल सेवाका बाल चिकित्सा विभागका प्रमुख अहमद अल–फाराले शनिबार चिकित्सा उपकरण र उपचारात्मक खानाको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । 

उनले कुपोषित बालबालिकाको सङ्ख्या अस्पतालको क्षमताभन्दा बढी रहेको र मृत्यु बढ्ने सम्भावना रहेको बताएका छन्। 

गजाको पूर्वमा रहेको प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घ राहत र कार्य निकाय (यूएनआरडब्ल्यूए) ले गाजा शहरको अवस्थालाई ‘विनाशकारी’ भनेको छ।

युएनआरडब्ल्यूएले एक विज्ञप्तिमा भनेको छ, “पूर्व चेतावनी बिना जताततै हवाई आक्रमण जारी छ । लगभग हरेक क्षण, एक घर बम विस्फोटका कारण ध्वस्त हुने गरेको छ। यो डरलाग्दो छ,” 

विज्ञप्तिमा अगाडी भनिएको छ, “मानिसहरू जाने कुनै ठाउँ छैन। त्यहाँ कुनै सुरक्षित स्थान छैन। यो युद्ध रोकिनुपर्छ ।”

सन् २०२३ अक्टोबर ७ मा हमासका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी उक हजार २०० जनाको हत्या गरेपछि सुरु भएको युद्धमा लगभग २५० जनालाई बन्धक बनाइएको थियो । 

बदलामा गरिएको इजरायली आक्रमणका कारण गाजामा लगभग ६५ हजार प्यालेस्टिनीहरूको ज्यान गएको गाजा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप