प्रिमियर लिग
ब्रेन्टफोर्ड र चेल्सीबिचको खेल बारबारी टुङ्गियो
आइतबार, २९ भदौ २०८२, ०२ : ५१
सारांश
- ब्रेन्टफोर्ड र चेल्सीबीचको खेल २-२ को बराबरीमा सकियो।
- ब्रेन्टफोर्डका केभिन शाडेले सुरुवाती गोल गरे भने चेल्सीका लागि कोल पाल्मर र मोइसेस काइसिडोले गोल गरे।
- अन्तिम समयमा फाबियो कार्वाल्होको गोलले खेल बराबरीमा टुंगियो, जसले दुवै टोलीलाई एक-एक अंक दिलायो।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्रेन्टफोर्ड र चेल्सीबिचको खेल बराबरीमा सकिएको छ ।
नेपाली समय अनुसार आइतबार बिहान १२ः ४५ मा सुरु भएको रोमाञ्चक खेल २–२ को बराबरीमा टुङ्गिएको हो ।
ब्रेन्टफोर्डका लागि ३५ औँ मिनेटमा केभिन शाडेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले खेलमा फर्कने प्रयास गर्दै ६१ औँ मिनेटमा कोल पाल्मरमार्फत बराबरी गोल गर्यो ।
८५ औँ मिनेटमा मोइसेस काइसिडोले गोल गर्दै चेल्सीलाई २– १ को अग्रता दिलाए पनि निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयमा ब्रेन्टफोर्डका फाबियो कार्वाल्होले निर्णायक गोल गर्दै खेललाई २–२ मा टुङ्ग्याए ।
नतिजासँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण