कैलाली जिल्ला प्रशासन कार्यालयले टेन्टबाट सेवा सुरु गर्ने
आइतबार, २९ भदौ २०८२, ०८ : २६
सारांश
- कैलाली जिल्ला प्रशासन कार्यालयमा आगजनी र तोडफोडपछि अत्यावश्यक सेवा सुचारु हुने भएको छ।
- कार्यालयमा भएको क्षतिपश्चात सेवाग्राहीको सुविधाका लागि अस्थायी रूपमा टेन्टबाट सेवा दिइनेछ।
- सशस्त्र प्रहरी र जेन-जी पुस्ताले कार्यालय परिसरमा सरसफाइ गरी सेवा सुचारु गर्न सहयोग गरेका छन्।
धनगढी । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय, कैलालीले अत्यावश्यक सेवाहरू सुचारु गर्ने तयारी गरेको छ। कार्यालयमा भएको क्षतिपछि सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै अस्थायी रूपमा टेन्टबाट सेवा प्रवाह गर्न लागिएको हो।
आगजनीका कारण कार्यालयका भवन, फर्निचर, कम्प्युटर र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए। सेवा सुचारु गर्नका लागि सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा कार्यालय परिसरमा सरसफाइ गरेका छन्।उनीहरूले जलेका फर्निचर, सिसाका टुक्राहरू र अन्य फोहोर हटाएर सफा गरेका हुन्।
तत्कालका लागि नागरिकता र विभिन्न सिफारिस जस्ता अत्यावश्यक सेवाहरू प्रदान गरिने प्रशासनले जनाएको छ। कार्यालयको पुनर्निर्माण नहुन्जेलसम्म अस्थायी रूपमा टेन्टबाटै सेवा प्रवाह गर्ने भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण