झापाको जनजीवन लयमा फर्किँदै : सार्वजनिक तथा निजी यातायातका साधन सञ्चालनमा
सारांश
- झापामा जेनजी आन्दोलनका कारण बन्द रहेका सरकारी कार्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका छन्।
- आन्दोलनका क्रममा जलेर ध्वस्त भएका कार्यालयबाहेक अन्य सरकारी कार्यालयहरू सञ्चालनमा आउनेछन्।
- जिल्लामा सार्वजनिक तथा निजी यातायातका साधनहरू निर्वाध रूपमा सञ्चालनमा आएका छन् र विद्यालय खोल्ने विषयमा बैठक बस्ने भएको छ।
झापा । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए ।
“आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।”
यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए । जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन् ।
मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले विद्यालय खोल्ने सम्बन्धमा आज बैठक बस्ने जानकारी दिए । “प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय हुनेछ”, मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख भण्डारीले बताए ।
जिल्लामा जेनजी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ । अन्य घाइतेको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । जेनजी आन्दोलन सुरु भएको भोलिपल्टदेखि सुरु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको थियो । जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका सहरमा बजार खुल्न थालिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण