भिडियो खिचेपछि बैंक लुटेराले फ्याँकेको ५ लाख युवकले प्रहरीलाई बुझाए
सारांश
- नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेरा प्रवेश गरी रकम लुटेका थिए।
- ललितपुरका सुरेश देउलाले लुटेराले फालेको ५ लाख १० हजार ५ सय रुपैयाँ प्रहरीलाई बुझाए।
- वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरी अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटेराहरू प्रवेश गरेर रकम लुट्न सुरु गरे ।
ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश देउलाले रकम लुटेर फर्किनेहरूको भिडियो बनाउँदै थिए । भिडियो बनाउँदै उनले सोधे, ‘यसरी बैंक लुट्न मिल्छ ?’
त्यसपछि एक जनाले उनलाई पैसाको बिटो फाल्दै भन्छन्, ‘ल, यही चाहिएको होइन ?’ भदौ २४ मा साँझ त्यसरी लुटेराले फ्याँकेको ५ लाख १० हजार ५ सय रुपैयाँ ३७ वर्षीय देउलाले प्रहरीलाई बुझाएका छन् ।
भक्तपुर घर भएर ललितपुरको बंगलामुखी बस्दै आएका उनले जिल्ला प्रहरी परिसर ललितपुरमा गएर रकम बुझाएका हुन् । बानेश्वरमा लुटेराले फ्याँकेको रकम देउलाले बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
वाणिज्य बैंक लुटपाटमा संलग्न ५ जनालाई सेनाले पक्राउ गरेर अनुसन्धानको लागि प्रहरीको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण