लुम्बिनीमा कांग्रेसका पार्टी कार्यालय क्षतिको विवरण सङ्कलन हुँदै
आइतबार, २९ भदौ २०८२, १४ : ००
सारांश
- नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आन्दोलनमा क्षति पुगेका पार्टी कार्यालयको विवरण संकलन सुरु गरेको छ।
- रोल्पा र पूर्वी रुकुम बाहेक सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
- बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीमा विशेषगरी ठूलो क्षति पुगेको छ।
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका पार्टी कार्यालयहरूको विवरण सङ्कलन सुरु गरेको छ।
लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशका रोल्पा र पूर्वी रुकुम बाहेकका सबै जिल्लामा कांग्रेसका पार्टी कार्यालयमा तोडफोड र आगजनी भएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै बाँके, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीमा विशेषगरी ठूलो क्षति पुगेको जानकारी दिए।
जिल्ला, क्षेत्र र नगर तहका पार्टी कार्यालयहरू समेत आक्रमणको शिकार भएको बताउँदै पुनले क्षतिको विवरण संकलन कार्य अघि बढिरहेको र कार्यालय सञ्चालनको अवस्था तथा आगामी कदमबारे छलफल हुने बताए।
आन्दोलनकारीहरूले भदौ २४ गते प्रदेशका विभिन्न जिल्लास्थित कांग्रेसका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण