बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

मधेस प्रदेश सभामा करिब ३० करोड बराबरको क्षति (फोटोफिचर)

आइतबार, २९ भदौ २०८२, १४ : २३
आइतबार, २९ भदौ २०८२

सारांश

  • जनकपुरधाममा जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदेश सभा सचिवालयमा तोडफोड र आगजनी भएको थियो।
  • सभामुखका अनुसार तोडफोडबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ, जसमा विभिन्न कार्यालय र सामग्रीमा क्षति पुगेको छ।
  • प्रदर्शनकारीले सभामुखको निवासमा समेत प्रवेश गरी सुनका गरगहना लुटेका थिए, र मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन पनि चोरी भएका छन्।

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले बताएका छन् ।

उनका अनुसार प्रदेश सभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन् ।

madhes-pradesh-sava (1)

‘प्रदर्शनकारीहरूले कार्यालय क्षेत्रमात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्,’ सभामुख मण्डलले भने ।

तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलकै निजी गाडीको सिसा फुटाइएको छ । कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको सभामुख मण्डलले जानकारी दिए ।

madhes-pradesh-sava (1)

सभामुख मण्डलले आफ्नो निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी झन्डै तीन तोला सुनका गरगहना लुटेको बताए । ‘आक्रोशले यति चरम रूप लिनु निकै दुःखद् छ । सार्वजनिक सम्पत्तिको मात्र नभई मेरो निवासमा समेत आक्रमण भएको छ,’ उनले भने ।

madhes-pradesh-sava (2)

प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको सचिवालयले जनाएको छ । सभामुख मण्डलले आफू हाल जनकपुरधाम बाहिर रहेको जानकारी दिँदै फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

madhes-pradesh-sava (2)madhes-pradesh-sava (3)madhes-pradesh-sava (3)madhes-pradesh-sava (4)madhes-pradesh-sava (4)madhes-pradesh-sava (5)madhes-pradesh-sava (6)madhes-pradesh-sava (7)madhes-pradesh-sava (8)madhes-pradesh-sava (9)madhes-pradesh-sava (10)madhes-pradesh-sava (11)madhes-pradesh-sava (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप