बनेपा प्रहरी कार्यालयबाट लुटिएको ७३० राउन्ड गोलीसहित ७ जना पक्राउ
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले हतियारको गोलीसहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी अधिकृतसहितको विशेष टोलीले भदौ २८ र २९ गते चलाएको खोजतलास अभियानका क्रममा विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेलेका अनुसार पक्राउ पर्नेहरूमा काभ्रे बनेपा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय अछुत खड्का, सोही ठाउँका २६ वर्षीय सिजन सुवाल र २८ वर्षीय सुवास गौतम रहेको छन् ।
त्यस्तै पक्राउ पर्ने अन्यमा बारा बनौली सखुवा–८ का २० वर्षीय ईसाक भन्ने महेश मुखिया, मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, काभ्रे तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २३ वर्षीय प्रविन कार्की रहेका छन् ।
भदौ २४ गते इलाका प्रहरी कार्यालय, बनेपामा भएको आगजनीको घटनामा संलग्न उनीहरूको साथबाट ७३० राउन्ड गोली समेत बरामद गरिएको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण