जेनजी आन्दोलनमा जलेको जिप्रका कास्कीलाई लायन्स क्लबको सहयोग
पोखरा । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीका कारण ध्वंस भएको कास्कीको जिल्ला प्रहरी कार्यालयलाई लायन्स क्लबले सहयोग गरेको छ ।
अहिलेसम्म कार्यालयमा विभिन्न संस्थाहरूले सहयोग दिएकोमा लायन्स क्लब अफ पोखराले १ लाख बराबरको किचन सामग्री हस्तान्तरण गरेको छ ।
क्लबका अध्यक्ष देवेन्द्र नकर्मीले अहिलेको विषम परिस्थितिमा सबै निकाय र समुदायले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।
‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल नारालाई आत्मसात गर्दै विपद्को घडीमा सामाजिक उत्तरदायित्वका स्वरूप सहयोग गरेको उनको भनाइ छ ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोलाले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैले साथ दिनुपर्ने बताए ।
उनले अहिले क्षति भएका ठाउँमा सबैले हातेमालो गरेर पुरानै अवस्थामा फर्काउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण