शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बक्सिङका पूर्व विश्व च्याम्पियन ‘द हिटम्यान’ को ४६ वर्षको उमेरमा निधन

सोमबार, ३० भदौ २०८२, ०६ : ४०
सोमबार, ३० भदौ २०८२

सारांश

  • बक्सिङका पूर्व विश्व च्याम्पियन रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ।
  • ह्याटनलाई ग्रेटर म्यानचेस्टर प्रहरीले आइतबार बिहान मृत अवस्थामा फेला पारेको थियो, र प्रहरीले उनको मृत्यु शङ्कास्पद नदेखिएको जनाएको छ।
  • ह्याटनको निधनमा फुटबल र बक्सिङका हस्तीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्, जसमा डेभिड बेकह्याम र टाइसन फ्युरी लगायत छन्।

म्यानचेस्टर । बक्सिङका पूर्व विश्व च्याम्पियन रिकी ह्याटनको ४६ वर्षको उमेरमा निधन भएको छ। 

ग्रेटर म्यानचेस्टर प्रहरीले ह्याटनलाई आइतबार बिहान हाइडस्थित उनको घरमा मृत अवस्थामा फेला पारेको पुष्टि गरेको छ। प्रहरीले उनको मृत्यु शङ्कास्पद नदेखिएको बताएको छ।

‘द हिटम्यान’ उपनामले चर्चित ह्याटन बेलायतका सबैभन्दा लोकप्रिय बक्सरमध्ये एक थिए। उनले १५ वर्षको व्यावसायिक करियरमा लाइट-वेल्टरवेट र वेल्टरवेटमा विश्व उपाधि जितेका थिए। उनले सन् २०१२ मा सन्यास लिनुअघि ४८ खेलमा ४५ जित हासिल गरेका थिए। उनको निधनपछि खेलकुद जगतमा शोक छाएको छ।

ह्याटनको निधनमा फुटबल र बक्सिङका हस्तीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। पूर्व फुटबलर डेभिड बेकह्यामले इन्स्टाग्राममा ह्याटनलाई 'अद्वितीय' व्यक्तित्वको रूपमा सम्झिएका छन्। हेभीवेट च्याम्पियन टाइसन फ्युरीले पनि ह्याटनलाई 'लेजेन्ड' भन्दै श्रद्धाञ्जली दिएका छन्।

आजीवन म्यानचेस्टर सिटीका समर्थक रहेका ह्याटनको सम्मानमा सिटीको इटाहाद स्टेडियममा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलअघि एक मिनेटको ताली बजाएर उनको नामको नारा लगाइएको थियो। 

सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले ह्याटनलाई 'साँचो च्याम्पियन' र 'म्यान सिटी परिवारको एक सदस्य' भनी सम्बोधन गरेका छन्। ह्याटनको बेल्ट रिङसम्म पुर्‍याएका वेयन रुनीले पनि ह्याटनको निधनले आफू 'स्तब्ध' भएको बताउँदै उनलाई 'एक योद्धा र महान् व्यक्ति' को संज्ञा दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप