तोडफोडका क्रममा चोरी भएका सामान फिर्ता गर्न संसद् सचिवालयको आग्रह
सारांश
- संघीय संसद सचिवालयले नयाँ बानेश्वरस्थित संसद भवनमा भएको तोडफोडमा चोरी भएका सामान फिर्ता गर्न सूचना जारी गरेको छ।
- सचिवालयका अनुसार, तोडफोडपछि टेबल, कुर्सी, कम्प्युटर लगायतका सामानहरू अनधिकृत व्यक्तिहरूले लगेका छन्।
- सचिवालयले सामान फिर्ता गर्न र जानकारी भएमा खबर गर्न अनुरोध गर्दै सूचना वा भिडियो दिनेको पहिचान गोप्य राख्ने जनाएको छ।
काठमाडौँ । संघीय संसद् सचिवालयले भदौ २४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामानहरू फिर्ता गर्न एक सार्वजनिक सूचना जारी गरेको छ।
सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त जानकारीअनुसार टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन र अन्य विद्युतीय उपकरणहरू अनधिकृत व्यक्तिहरूले लगेको बुझिएको छ।
सचिवालयले कसैले पनि ती सामानहरू आफूसँग राखेको भए तत्काल फिर्ता गर्न अनुरोध गरेको छ। त्यसै गरी, ती सामानहरू कहाँ छन् वा कसले लगेको हो भन्नेबारे जानकारी भएमा सचिवालयलाई सूचना दिन पनि आग्रह गरिएको छ।
यस घटनासम्बन्धी कुनै भिडियो फुटेज भए उपलब्ध गराएर सहयोग गर्न पनि सचिवालयले आह्वान गरेको छ। सूचना वा भिडियो दिने व्यक्तिको पहिचान गोप्य राखिने आश्वासन पनि दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण