थापाथलीका सुकुम्बासीले जोगाए प्रहरी बिट, सुरक्षित रूपमा हस्तान्तरण
सारांश
- थापाथलीका सुकुम्बासीहरूले 'जेनजी' आन्दोलनका क्रममा प्रहरी बिटलाई जोगाए।
- बस्तीका अगुवाहरूले बिटको सरसामानसहित चाबी प्रहरीलाई फिर्ता गरे।
- अगुवा दल मर्दन कामीले जनताले चाहेमा राज्यको सम्पत्ति जोगाउन सकिने बताए।
काठमाडौँ । हालै चलेको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय र बिटहरू तोडफोड तथा आगजनीको चपेटामा परिरहेका बेला थापाथलीका सुकुम्बासी बस्तीका बासिन्दाहरूले भने एउटा प्रशंसनीय काम गरेका छन्। उनीहरूले आफ्नो बस्तीभित्र रहेको प्रहरी बिटलाई अराजक समूहको आक्रमणबाट जोगाएर सुरक्षित राखेका हुन्।
_KKpXrtdcDr.jpg)
आज बस्तीका अगुवाहरूले औपचारिक कार्यक्रम आयोजना गरी बिटको सरसामानसहित चाबी प्रहरीलाई फिर्ता गरेका छन्। बस्तीका अगुवाहरू मीनकुमार मगर, गोपाल पौडेल, दल मर्दन कामी लगायतले सिंहदरबार प्रहरी वृत्तका प्रमुख डीएसपी जनार्दन घिमिरे र थापाथली प्रहरी बिटका प्रमुख हवल्दार बलबहादुर सुनारलाई खादा र सम्मानसहित स्वागत गरेका थिए।
_n03XZCwM1c.jpg)
कार्यक्रममा बोल्दै अगुवा दल मर्दन कामीले यस घटनाले जनताले चाहेमा राज्यको सम्पत्ति र संरचना जोगाउन सकिन्छ भन्ने सन्देश दिएको बताए। उनले भने, ‘व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्ति ध्वस्त गर्नु मूर्खता हो, यसलाई जोगाउने जिम्मेवारी आम नागरिकको हो।’
यता, हवल्दार बलबहादुर सुनारले बस्तीका बासिन्दाहरूको सहयोगले प्रहरी मात्र नभई राज्यको सम्पूर्ण संरचनालाई नै बल मिलेको भन्दै आभार प्रकट गरे।
_CtnDQx7KHC.jpg)
_oSZoQ5XyyP.jpg)
_Yz4GAYUqzn.jpg)
_mobvoWvKBw.jpg)
_aE5Wg1SneV.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण